FAQs Complain Problems

तारकेश्वरबासीमा हार्दिक अपिल !!

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) ले आक्रान्त रुप लिएको विषम परिस्थितिमा नेपाल सरकारले गरेको बन्दा बन्दि (लक डाउन ) पूर्ण सफल गराउनको लागि तारकेश्वर नगरपालिका भित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दलका प्रतिनिधीहरु, समुदाय प्रहरी साझेदारीका सदस्य तथा पदाधिकारीज्यूहरु विभिन्न संघ संस्था तथा क्लबका सदस्य तथा पदाधिकारीज्यूहरु तथा आम जनसमुदायहरुमा हार्दिक अपिल गर्न चाहान्छौ । साथै नगरपालिका भित्र रहेका खाद्यान्न विक्री गर्ने पसलहरु दिनको एक पटक विहान ५ बजे देखि ८ बजे सम्म मात्र खुल्ला रहने, औषधी पसल २४ सै घण्टा खुल्ला रहनु पर्ने, घुम्ति तथा ठेलागाडा पूर्ण रुपले बन्द गर्नका लागि समेत निर्णयानुसार अनुरोध गरिन्छ । अत्यावश्यक काम बाहेक घर बाट बाहिर ननिस्कीन समेत अनुरोध गरिन्छ ।  हालसम्म लक डाउनलाई सफल पार्नको लागि सहयोग गर्नहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहान्छौ । आगामी दिनमा समेत पूर्ण सहयोगको अपेक्षा गर्दछौ । यसमा नगरबासी प्रति पर्न गएको असुविधाका लागि क्षेमा प्रार्थी छौ । धन्यवाद ! ( यो नियम भोली मिति २०७७।१।४ गतेबाट लागु हुने कुरा जानकारी गराउदछौ । ) - रामेश्वर बोहरा, नगर प्रमुख