FAQs Complain Problems

१४ औं नगर सभा, मिति २०८० माघ १९

Read More

सार्वजनिक सुनुवाई, मिति २०८०।१०।१४

Read More

प्रथम वर्षमा सम्पन्न भएका योजनाहरुको सार्वजनिकरण पत्रकार सम्मेलन

Read More

१२ औं नगर सभा, २०७९ पौष २६

Read More

सार्वजनिक सुनुवाई, २०७९।०९।११

Read More

११ औं नगर सभा, २०७९-०३-१०

Read More

नवनिर्वाचित जनप्रतिनिधि

Read More

संक्षिप्त परिचय

पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार यस क्षेत्रका साविकका सांग्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुंग र मनमैजु गा.वि.स. समेटेर तारकेश्वर नगरपालिका घोषणा गरिएको हो । तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर ११ वटा वडामा समेटिएको छ ।

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

श्री कृष्ण हरि महर्जन
नगर प्रमुख
९८५१२५८२३४ / ९८५१००३६४७
श्री श्रृजना बुर्लाकोटी अर्याल
उप– प्रमुख
sirjanaburlakoti2022@gmail.com
९८४१५६६७४९

प्रवत्ता

श्री राधाकृष्ण खड्गी

वडा अध्यक्ष / नगर कार्यपालिका प्रवक्ता

९८४१७७५७०८

पदाधिकारी

श्री दिनेश राज पन्त
प्रमुख प्रशासकीय अधिकृत
pantdinesh@gmail.com
९८५१२६३१११

Services

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- तारकेश्वर नगरपालिका
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

       १. उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिको  रोबहरमा उपभोक्ता समिति गठन गरेको माइन्युटको प्रतिलिपी ।

      २. उपभोक्ता समिति गठन गर्दा योजना बाट प्रत्यक्ष लाभान्वित हुने  घरपरिवारको आम भेला बाट कम्तिमा सात सदस्यी उपभोक्ता समिति गठन गर्नुपर्ने छ ।

      ३. उपभोक्ता समितिको सदस्यहरुमा कम्तिमा ३३% महिला हुनुपर्ने छ । समितिको अध्यक्ष / सचिव / कोषाध्यक्ष मध्य कम्तिमा १ जना महिला पदाधिकारी हुनुपर्ने छ ।

      ४.उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि अनिवार्य राख्नुपर्ने ।

     ५.सम्बन्धित वडा कार्यालयको सम्झौताको लागि गरिएको सिफारिश, चालु आ.व को स्वीकृत कार्यक्रम उल्लेख गरेर पठाउनु पर्ने छ ।

      ६. उपभोक्ता समितिको बैंक खाता अध्यक्ष/सचिव/कोषाध्यक्ष मध्ये २ जनाको अनिवार्य दस्तखतबाट खाता संचालनको निर्णय भएको हुनुपर्ने ।

      ७. अनुगमन समितिमा जनप्रतिनिधिको संयोजकत्वमा कम्तिमा ५ सदस्यीय गठन गर्नुपर्ने । (३३% महिला हुनुपर्ने)

      ८. सम्झौताका लागि निवेदन  ।

      ९. निर्माण स्थलको कार्य गर्नुभन्दा अगाडीको सम्बन्धित ठाउँको फोटो ।

      १०. कार्यक्रम योजनाको लागि प्रमाणित प्रपोजल (proposal) पेश गर्नुपर्ने ।

      ११. जिल्ला प्रशासनमा दर्ता भएका संस्थाले आफ्नो संस्थाको नविकरण भएको प्रतिलिपि, आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपी र अघिल्लो आ.व. सम्मको आयकर चुक्ता प्रमाणपत्र (नगरपालिका, वडा कार्यालय दर्ता समेतका लागि)

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- तारकेश्वर नगरपालिका
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको बैठक बसी भुक्तानी सम्बन्धको माइनुटको फोटोकपी

२) उपभोक्ता समितिको भुक्तानी सम्बन्धीत कार्यालयको नाममा निवेदन

३) योजना संचालन तथा व्यवस्थापन कार्यविधि, २०७४ का अनुसुचीहरु

  1. अनुसुची-३ (खर्च सार्वजनिक सुचना फारम )
  2. अनुसुची-४ (उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगती प्रतिवेदन
  3. अनुसुची- ७ ( सार्वजनिक परिक्षण फारम ढाँचा )

४) उपभोक्ताहरु बाट गठन गरेको अनुगमन समितिको र वडा स्तरीय अनुगमन समितिको निर्णयहरु    

    (प्रतिवेदन)

५) योजना संचालन हुनुभन्दा अगाडीको, काम गर्दा गर्दैको फोटो र कार्य सम्पन्न पछाडीको फोटोहरु

६) सम्बन्धीत वडाको कार्य सम्पन्न भएकाले भुक्तानी सम्बन्धको सिफारिस

७) प्रविधिकबाट कार्यसम्पन्न तथा मुल्याङकन प्रतिवेदन

८) कार्यक्रम योजनाको सन्दर्भमा सम्पन्नको प्रतिवेदन

९) रु २५,००,०००।– सम्म लागत अनुमान भएका योजनाहरुको हकमा सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा गठन भएको अनुगमन समितिको निर्णय र रु २५,००,०००।– भन्दा बढी लागत अनुमानको योजनाहरु नगर उप-प्रमुखको अध्यक्षतामा गठन भएको अनुगमन समितिको अनुगमन प्रतिवेदन

१०)  खर्चसँग सम्बन्धित विल भपाईहरु ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- तारकेश्वर नगरपालिका
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. जागा धनी प्रमाणपत्र (प्रमाणित प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन भएको १५ दिन पुरा भए पश्चात सो दिन
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)

५. पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको

   (सक्कल)          

९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

१०.  आर्किट्रेकचल ड्रोइङ्ग २ सेट

११. स्ट्रकचरल ड्रोइङ्ग २ सेट

१२. घर धनीको फोटो २ सेट

१३. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र  

१४. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको घटना दर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र भुमि कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) २-२ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन / सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) मृतकका नागरिकता र सूचना दिन आउने नागरिकता

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

जानकारी