FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

Body:

व्यवसाय दर्ता प्रमाणपत्र लिनका लागि चाहिने कागजातहरु के के हुन् ?

  • रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
  • २ प्रति फोटो
  • व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
  • वडाले आवश्यक ठानेको कागजात

योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि न पा मा के के कागजात पेश गर्नुपर्छ ?

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • वडा कार्यालयको राय सिफारिस पत्र।
  • प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।

योजनाको रनिङविल माग गर्दा के के कागज पेश गर्नु पर्छ ?

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • डा कार्यालयको राय सिफारिस पत्र।
  • उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  •  बीस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन। 

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
  • आयोजनाको लागत अनुमान विवरण।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
  • योजनाको छाप।

घर नक्सा पासका लागि आवश्यक पर्ने कागजातहरु के के हुन ?

सेवा समयः- सर्जमिन भएको १५ दिन पुरा भए पश्चात सो दिन
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)

पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

 डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको

   (सक्कल)          

जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

आर्किट्रेकचल ड्रोइङ्ग २ सेट

स्ट्रकचरल ड्रोइङ्ग २ सेट

घर धनीको फोटो २ सेट

नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र  

 वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि

घ वर्ग ईजाजत नविकरण गर्दा के के पेश गर्नुपर्छ ?

सक्कल ईजाजत पत्र

साना तथा घरेलु उद्योग कार्यालयमा दर्ता भएको ईजाजत प्रमाणपत्रको नविकरणको म्याद भएको प्रमाण पत्र

प्रा.लि. भएमा कम्पनीदर्ताको प्रमाणपत्र / अद्यावद्यिक गरेको कागजात

कर चुक्ता प्रमाण पत्र

स्थायी लेखा नं. दर्ता प्रमाण पत्र

तारकेश्वर नगरपालिका क्षेत्रको वडा कार्यालयमा व्यवासाय दर्ता गरेको प्रमाणपत्र र घर भाडा बहालकर चुक्ता गरेको प्रमाण

निवेदकको नागरिकताको प्रमाण

रीत पुर्वको निवेदन