FAQs Complain Problems

आवद्यिक नगर विकास योजना तयारी कार्यक्रम

तारकेश्वर नगरपालिकाको आगामी ५ वर्षेआवद्यिक नगर विकास योजना तयारीको लागि आज मिति २०८० बैशाख २० गतेका दिन पहिलो चरणको कार्यशाला नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूको अध्यक्षतामा सम्पन्न भयो । सो कार्यक्रममा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु साथै न.पा अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थितिमा परामर्शदाताको तर्फबाट आवद्यिक योजना सम्बन्धमा विभिन्न प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिको क्रममा आवद्यिक योजना भनेको के हो ? कसरी तयार गर्ने र सो तयारीका प्रकृयाहरु के कसरी अगाडी बढ्छन भन्ने समेत प्रकाश पारिएको थियो