FAQs Complain Problems

न्यायिक पहुँच सम्बन्धी विद्यालय स्तरीय कार्यक्रममा नगरपालिका भित्र रहेको १५ वटा मा.वि. स्तरका सामुदायिक विद्यालय सहभागी, मिति २०८०।०२।२१

तारकेश्वर नगरपालिका न्यायिक समितिद्वारा आयोजित न्यायिक पहुँच सम्बन्धी विद्यालय स्तरीय कार्यक्रममा नगरपालिका भित्र रहेको १५ वटा मा.वि. स्तरका सामुदायिक विद्यालयबाट १ जना शिक्षिका सहित (छात्रा र छात्र )१/१ जना विद्यार्थी गरि जम्मा ४५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नगर उप-प्रमुख श्री सृजना बुर्लाकोटी अर्यालज्यूले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि उच्च अदालतको माननीय न्यायाधीश श्रीमान टेक नारायण कुँवर, विशेष अतिथि क्रमशः काठमाडौँ जिल्ला अदालत न्यायाधीश माननीय डा. रमेश रिजालज्यू र नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यू र अतिथिहरु राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालको निर्देशक श्री पारस पौडेलज्यू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेज्यू, वडा अध्यक्ष श्री श्याम कृष्ण सापकोटाज्यू, नगर शिक्षा समितिका सदस्यहरु लगायत अन्य अतिथिको‌ उपस्थितिमा कार्यक्रम सुभारम्भ गरिएको थियो ।